बिएल संवाददाता
नेकपा एमालेका नेता तथा गण्डकी प्रदेश सभाका सदस्य वेदबहादुर गुरुङले सूर्य चिन्ह मन नपरे नेकपाको तारामा भोट हाल्न आह्वान गरेका छन्।
उनले एमालेसँग चित्त नबुझे नेपाली कम्युनिस्ट पार्टीमा भोट हाल्न तर, वामपन्थी भन्दा अन्य पार्टीमा भोट नहाल्न भन्दै सामाजिक सञ्जालमार्फत यस्तो अपिल गरेका हुन्।
उनले नेपालमा बामपन्थी कम्युनिस्टहरूको मत बढी भए पनि विभाजित रहेको बताउँदै उनले भोट कम्युनिस्ट पार्टीहरूकै बीचमा यताउता सारे पनि बुर्जुवाहरूलाई भोट नहाल्न आग्रह गरे।
यसपालिको निर्वाचनमा कम्युनिस्टको भोट बुर्जुवातिर सरे बामपन्थीहरू कमजोर हुने र फेरि बामपन्थी फर्किने सम्भावना कम हुने उनको विश्लेषण छ।
‘त्यसैले कम्युनिस्ट पार्टीको मत आ -आफ्नो पार्टीमा चित्त नबुझेको हो भने अर्को कम्युनिस्ट पार्टीमा हालौं बुर्जुवातिर सार्ने गल्ती नगरौं,’ उनले भने, ‘ठ्याक्कै भन्नुपर्दा सबैले मत एमालेको सूर्य चिन्हमा हालौं, यदि त्यहाँ पनि चित्त नबुझेको हो भने नेकपाको तारा चिन्हमा हालौं तर अन्य पार्टीमा नहालौं।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया