बिएल संवाददाता
हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पामा नेकपा उम्मेदवार धनबहादुर बुढाको समूहले एमालेका नेता कार्यकर्तामाथि आक्रमण गरेका छन्।
सोमबार दिउँसो २ बजे तिर एमालेका प्रचारप्रसार टोलीले स्थानीय नेताहरूसँग चुनावी वार्ता गरिरहेका बेला नेकपाका नेता–कार्यकर्ताले अचानक ढुंगामुढा गरेपछि दुई समूहबीच केहीबेर तनावको अवस्था सिर्जना भएको प्रलोपाका उम्मेदवार विकास बुढाले बताए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुकबहादुर खड्काले दुवै पार्टीका कार्यकर्ताहरू प्रचारप्रसारको क्रममा बाटोमा भेट हुँदा विवाद उत्पन्न भएको पुष्टि गरेका छन्। घटनाबारे जानकारी आएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
धनबहादुर बुढाका कार्यकर्ताले आक्रमण गरेपछि एमाले नेता कार्यकर्ता सोही पालिकाको रापगाउँ हुँदै डोल्पो बुद्ध गाउँपालिकाको धो उपत्यकातर्फ लागेका छन्।
एमाले नेताकार्यकर्ता फर्किएपछि यतिबेला त्यहाँको माहोल सामान्य रहेको साल्दाङस्थित सुरक्षा निकायले जनाएको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया