बिएल संवाददाता
‘फागुन २१ गतेको निर्वाचन हुँदैन, भयो भने अनिष्ट हुन्छ’ भन्दै भविष्यवाणी गरेका ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ परेका छन्।
अधिकारीलाई काठमाडौं प्रहरीले मच्छेगाउँस्थित उनकै घरबाट पक्राउ गरेको हो। उनले ग्रहण लाग्ने समयमा चुनाव गर्ने मिति तोकिएको भन्दै चुनाव नहुने र भए पनि अनिष्ठ हुने भविष्यवाणी गरेका थिए।
यस्तो भ्रमपूर्ण भविष्यवाणी गरेर निर्वाचन निर्वाचन बिथोल्ने गतिविधि गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो।
अधिकारीको परिवारका अनुसार उनलाई १० मिनेट कुराकानी गर्नुपर्यो भन्दै प्रहरीले साथमा लिएर गएको थियो। तर, साँझ अबेरसम्म नफर्किएपछि प्रहरीसँग बुझ्दा अहिले छोड्न नमिल्ने, हिरासतमा सम्मानपूर्वक राखिएको भन्दै प्रहरीले घर फर्किन नदिएको परिवारको गुनासो छ।
परिवार स्रोतका अनुसार प्रहरीले पक्राउ पुर्जी वा कागज नदेखाइ अधिकारीलाई नियन्त्रणमा लिएको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया