बिएल संवाददाता
मधेसका भिन्नभिन्न ठाउँबाट प्रहरीले दुईजना उम्मेदवारसहित उनिहरूका दर्जन कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको छ।
सिराहा- ३ का जनता समाजवादी पार्टीका उम्मेदवार अशेश्वर यादव र पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मौन अवधिका बेला गाडीमा कार्यकर्तासहित ओहोर-दोहोर गरिरहेका उनिहरूलाई प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा गाडीमा शंकास्पद सामग्रीहरू फेला परेको प्रहरीले जनाएको छ। ती सामानका बारेमा प्रहरीले केही खुलाएको छैन।
यादवको गाडीमा भने ४ लाख ८७ हजार रुपैयाँ नगद भेटिएको थियो। उनिसहित गाडी र अरु पाँचजनालाई प्रहरीले नेपाल-भारत सिमानानजिकैबाट पक्राउ गरेको हो।
चौधरी भने नियमित सुरक्षा जाँचका क्रममा पक्राउ गरेका हुन्। उनि सवार गाडी रोकेर चेकजाँच गर्दा केही शंकास्पद वस्तुहरु फेला परेको थियो। उनिसहित अरु चारजना पनि प्रहरीले नियन्त्रणमा राखेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया