बिएल संवाददाता
अमेरिकार र इजरायले इरानमाथि आक्रमण सुरु गरेपछि मध्यपूर्वका सबैजसो राष्ट्रहरू अहिले युद्धमा होमिएका छन्। त्यसको जवाफमा इरानले इजरायलसहित मध्यपूर्वका १५ भन्दा धेरै देशहरूमा आक्रमण गरिरहेको छ।
कतार, ओमान, यूएई, साउदीजस्ता राष्ट्रहरूमा इरानले लगातार रकेट तथा ड्रोन आक्रमण गरिरहेको छ। खासगरी अमेरिकी सैनिकका बेस क्याम्पहरू रहेका यी देशमा उसले ती सैन्य ठेगानाहरूमा प्रहार गरिरहेको छ। त्यसमा धेरै अमेरिकी सैनिकहरू मारिएका छन्।
इरानलाई समर्थन गर्दै लेबनानमा सक्रिय रहेको हिज्बुल्लाहले पनि इजरायलमाथि आक्रमण गरिरहेको छ। यो युद्ध मध्यपूर्वमा चर्किएको छ तर यसको प्रभाव भने सारा विश्वभरि फैलिँदैछ।
इरानमा महिनौदेखि सरकारविरोधी प्रदर्शन चलिरहेको थियो र अमेरिकाले त्यो प्रदर्शनलाई समर्थन गरिरहेको थियो। ट्रम्पले पटक पटक प्रदर्शनकारीहरूलाई उक्साउँदै त्यहाँको सत्ता कब्जा गर्न भनिरहेका थिए। त्यस्तै इरानी सरकारलाई प्रदर्शनकारीमाथि दमन नगर्न उनले पटक पटक चेतावनी दिँदै आएका थिए। त्यसका वापजुद पनि इरानी सेनाले प्रदर्शनकारीमाथि ब्यापक दमन गर्यो र हजारौं प्रदर्शनकारी मारिए।
ट्रम्पले इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनेईलाई पटक पटक धम्की दिँदै आएका थिए। खामेनेईको हालत पनि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको जस्तै हुनसक्ने भनेर चेतावनी दिइरहेका बेला खामेनेईमात्रै होइन उनका सारा परिवारका सदस्य तथा इरानका कैयौ मन्त्रीहरू र उच्च सरकारी अधिकारीहरू पहिलो चरणको आक्रमणमै मारिए। यसपछि अब इरान राजनीतिक रिक्ततामै युद्ध लडिरहेको छ।
दुई शक्तिशाली राष्ट्रको निशानामा परेको यो युद्ध कतिञ्जेल जाला? यसको जवाफ स्वंय ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग पनि छैन।
अर्थात यो युद्ध सातादिनमा सकिन पनि सक्छ वा महिनौ दिन लम्बिन पनि सक्छ।
ट्रम्पले इरानमाथि आक्रमण गर्नका पछाडी केही उद्देश्यहरू रहेको र ती पूरा नहुँदासमेत आक्रमण नरोकिने बताइरहेका छन्। उनले हालैमात्र इरानलाई ‘अझै भयानक र निर्णायक आक्रमण’ बाँकी रहेको अभिव्यक्ति दिएका थिए।
‘इरान अझै पनि सम्झौतामा आउन चाहिरहेको छैन। हामीले सुरुमा ठानेका थियौं साता दिनमै सब कुरा ठीक हुन्छ। तर त्यसो भएन’ ट्रम्पले हालैमात्र पत्रकारहरूसँग भनेका छन् ‘अब इजरायल र अमेरिकी सैनिकले एउटैस्तरमा यो आक्रमण चार-पाँच सातासम्म लैजान पनि सक्छन्।’
उनले इरानको परमाणु परियोजनाहरू नष्ट नभएसम्म वा इरान त्यसलाई रोकेर सम्झौतामा आउन तयार नभएसम्म आक्रमण नरोकिने पनि बताएका छन्।
‘हाम्रा केही उद्देश्यहरू छन् ती प्राप्त नभएसम्म यो आक्रमण रोकिन्न’ ट्रम्पले भनेका छन् ‘इरान सम्झौतामा आउन चाहे फरक स्थिति होला नत्र हामीसँग त्यो समयभरि आक्रमण गर्ने क्षमता छ जबसम्म इरानको परमाणु परियोजनाहरू सबै ध्वस्त हुँदैनन्।’
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया