बुधबार, ०४ मार्च २०२६

गृहको ब्रिफिङलगत्तै सुरक्षा परिषदको बैठक आह्वान

News Image
• • •

गृहमन्त्रालयको ब्रिफिङपछि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएकी छिन्।

बुधबार बिहानमात्रै गृहमन्त्री ओमप्रकाश अर्यालले ७७ जिल्लाका सुरक्षा प्रमुखहरूसँग लगभग ३ घण्टा कुराकानी गरेका थिए। सबै जिल्लाका सुरक्षाअधिकारीहरूसँगको उक्त बैठकपछि गृहमन्त्रालयले पत्रकार सम्मेलन पनि गरेको थियो। त्यसलगत्तै प्रधानमन्त्रीले सुरक्षा परिदष बैठक बोलाएकी हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरक्षा परिषदको बैठक अपराह्न ३ बजे बस्नेछ।

गृहमन्त्रालयका अनुसार सबै जिल्लाहरूमा सुरक्षास्थिति सामान्य रहेको र निर्वाचनको सबै तयारी पूरा भइसकेको जनाएको छ। एकाध ठाउँबाहेक सबै केन्द्रहरूमा मतपत्र पुगिसकेको छ भने सबै कर्मचारीहरूले मतदानस्थल निर्माण गरिरहेका छन्।

पत्रकार सम्मेलनमा गृहमन्त्री अर्यालले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै निर्धक्क भएर मतदान पुगेर ढुक्कका साथ मतदान गर्न अपिल गरे। उनले निर्वाचनलाई भयरहित, सुरक्षित र निश्पक्ष बनाउनका लागि सरकारले कुनै कसर बाँकी नराखेको भन्दै आवश्यकताअनुसार सुरक्षाका सबै संयन्त्रहरू परिचालन गरिएको पनि बताए।

निर्वाचनका पूर्वसन्ध्यामा एकाध ठाउँमा तर्साउन वा डराउनेखालका केही वस्तुहरू फेला परे पनि त्यसलाई सुरक्षा निकायको समन्वयमा हटाउने वा डिस्पोज गर्ने कार्य भइरहेको पनि उनले बताए। उनका अनुसार निर्वाचनमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, निर्वाचन प्रहरी तथा गुप्तचर निकायका सबै कर्मचारीहरू सुरक्षाका लागि खटिएको पनि बताए।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!