बिएल संवाददाता
रुपन्देहीमा क्षेत्र नम्बर २ का उम्मेदवार सुलभ खरेल बसेको होटलमा अज्ञात समूहले आक्रमण गरेको छ।
खरेलले बुधबार राति आफ्नाे सचिवालयका व्यक्तिहरूमाथि अज्ञात समूहले निर्घात कुटपिट गरेकाे बताएका छन्। सुलभको टिम बसेको बुटवलको नमोबुद्ध होटलमा केही व्यक्तिहरू रास्वपाले पैसा बाँडिरहेको भन्दै प्रवेश गरेपछि दुई पक्षबीच झडपको स्थिति सिर्जना भएको रुपन्देही प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार झडपमा रास्वपाका दुई नेताहरू घाइते भएका छन्। उम्मेदवार खरेलमाथि भने हातपात नभएको बताइएको छ।
‘अज्ञात समूहद्वारा म बसेको होटेलमा आई मेरो सचिवालयका केही साथीहरूलाई निर्घात कुटपिट भएको छ। हाल आएर केही व्यक्ति पहिचान भइसकेको छ। प्रहरीले आफ्नो काम सुरु गरिसकेको जानकारी गराउँदछु। भोलिको मतपरिणामले सबैको उत्तर दिनेछ,’ खरेलले भनेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया