बिएल संवाददाता
नेपाली काँग्रेसका सभापति गगन थापाले अनिश्चितताका बीच उत्साहजनकरुपमा मतदान भइरहेको भन्दै यसले देशको स्थायी निकासको बाटो देखाउने बताएका छन्।
काठमाडौंको मैतीदेवी मन्दिरमा रहेको मतदान केन्द्रमा मतदान गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधानलाई लिकमा ल्याउनका लागि यो निर्वाचन महत्वपूर्ण रहेको बताए।
‘संविधान लिकभन्दा बाहिर गइसकेको स्थितिमा यो राजनीतिक अनिश्चितता लामो समयसम्म रहन्छ कि भन्ने भय थियो। निर्वाचन हुने वा नहुने द्विविधाका बीचमा पनि निर्वाचन शान्तिपूर्ण र उत्साहजनकरुपमा भइरहेको छ’ उनले भने ‘यो निर्वाचन संविधानलाई ट्र्याकमा ल्याउन अनिवार्य थियो।’
काठमाडौंमा मतदान गरेपछि उनि अब आफू उम्मेदवार भएको क्षेत्र सर्लाही-४ पुग्नेछन्। पार्टीभित्र विद्रोह गरेर विशेष महाधिवेशन आह्वान गर्दै नेपाली काँग्रेसको सभापति भएका गगनले यसपालि आफू जित्दै आएको निर्वाचन क्षेत्र काठमाडौं- ५ मा नवयुवा नेता सचिन तिमल्सिनालाई उम्मेदवार बनाएर आफू भने निर्वाचन लड्न सर्लाही झरेका हुन्। यहाँ उनको मुख्य प्रतिष्पर्धा अमरेशकुमार सिंहसँग छ। यसअघि स्वतन्त्ररुपमा चुनाव जितेका सिंह यसपालि भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्देवार छन्।
नेपाली काँग्रेसले थापालाई नै भावी प्रधानमन्त्रीका रुपमा प्रोजेक्ट गरेर चुनावमा गएको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया