बिएल संवाददाता
दाङका दुई मतदान केन्द्रमा स्थानीयले निर्वाचन बहिष्कार गरेका छन्। दाङ बबई गाउँपालिकाको वडा नं १ र ७ का स्थानीयले मतदान बहिष्कार गरेका हुन्।
यी बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रका गगँटे र मलैखोला बस्ती हुन्। यहाँ दुई मतदान केन्द्र छन्।
यसअघि नै चुनाव प्रचारमा पुगेका उम्मेदवारहरूसँग यहाँका वासिन्दाले आफूहरू निकुञ्जमा असुरक्षित भएको भन्दै सुरक्षित स्थानमा बस्ती सारिदिन भनेका थिए। उम्मेदवारहरूले आश्वासन दिए पनि उनिहरू ढुक्क भएनन् र निर्वाचन नै बहिष्कार गर्ने निर्णय गरेका थिए।
वस्ती स्थानान्तर संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुर मगरका अनुसार त्यसपछि कुनै पनि पार्टीका प्रतिनिधिहरू त्यहाँ पुगेका छैनन्। उनका अनुसार वडा नं १ मा रहेको जनता आवासीय मावि र ७मा रहेको देउती मावि मलैको केन्द्रमा कुनै पनि मतदाता पुगेका छैनन्। उनले कसैलाई पनि मतदान नगर्न दबाव नदिइएको तर स्थानीय स्वतस्फूर्तरुपमा मतदान गर्न नगएको पनि दाबी गरे।
जनता आवासीय केन्द्रमा ६ सय ८२ र देउवी माविमा ५ सय ८५ मतदाता छन्। बिहानैदेखि निर्वाचन कर्मचारीहरू कुरिरहेका छन् तर अहिलेसम्म कुनै पनि मतदाता देखिएका छैनन्। स्थानीयका अनुसार यहाँ राजनीतिक दलका प्रतिनिधिहरू पनि छैनन्।
दाङ क्षेत्र नं ३ अन्तर्गत पर्ने यो ठाउँ जिल्लाकै विकट मानिन्छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया