बिएल संवाददाता
रोल्पामा मतदानका क्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनका कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गरेका छन्।
जारी मतदानका क्रममा एमाले कार्यकर्ताले वर्षमानका कार्यकर्ताको फर्जी मत रोक्न खोजेपछि नेकपा कार्यकर्ताले कुटपिट गरेको एमाले नेताहरूले आरोप लगाएका छन्।
नेकपा कार्यकर्ता समेत रहेका सुनिलस्मृति गाउँपालिका–८ का वडाध्यक्ष धनराज रोकामगर, नेपाल राष्ट्रिय मावि अरेशका प्रअ शंकर पुन र सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एंव सुनिलस्मृति गाउपालिका प्राविधिक कर्मचारी सुदर्शन पुनसहितको २०/२५ जनाको समूहले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
कुटपिटबाट एमाले कार्यकर्ता महेन्द्र पुनको आँखा र शरीरमा चोट लागेको छ भने दीपेश पुनको आँखामा चोट लागेको पूर्वशिक्षक एवं स्थानीय जीतबहादुर पुनले जानकारी दिएका छन्।
घाइते महेन्द्र र दीपेशले मतदानस्थलमा खटिएका कर्मचारी तथा सुरक्षा निकायले घटनालाई बेवास्ता गरेको आरोप लगाएका छन्।
घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र तीन जनालाई नियन्त्रणमा लिइएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिएका छन्।
उनले घटनाबारे छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने बताए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया