बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टीबाट रौतहट–२ का उम्मेदवार किरणकुमार साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा भएको निर्वाचनमा बुथ कब्जा हुँदासमेत पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल निरिह रहेको भन्दै उनल् बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
उनले पार्टीबाट मतदान केन्द्रमा राखिएका प्रतिनिधिहरूसमेत फिर्ता बोलाएका छन्। धाँधली भएको स्थानमा पुन: मतदान नगरेसम्म मतगणनामा सहभागी नहुने उनले स्पष्ट पारेका छन्।
‘जेनजी आन्दोलनपछि विषम परिस्थितिमा यो निर्वाचन भइरहेको छ। तर बहुसंख्यक हिन्दु भएको क्षेत्रमा आफूले चुनाव जित्ने स्थिति हुँदाहुँदै सरकार, पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक नेपालको निरिहताका कारण म पार्टी छोड्ने घोषण गर्छु’, उनले भनेका छन्।
साहले ०७९ को निर्वाचनमा सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया