बिएल संवाददाता
बिहीबार ५ बजे सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापामा मा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका विभिन्न मतदान केन्द्रहरूबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा जिल्लाभर करिब ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको हो।
झापा क्षेत्र नं. ५ मा औसतभन्दा केही बढी मतदान भएको पाइएको उनले बताए। त्यहाँ ७० प्रतिशत हाराहारी मतदान भएको अनुमान छ। सो क्षेत्र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन साह आमनेसामने भएको क्षेत्र हो।
निर्वाचन कार्यालयका अनुसार अहिले जिल्लाका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन गर्ने कार्य भइरहेको छ। राति १० बजेसम्म मतपेटिका रुजु गर्ने र सर्वपक्षीय बैठक राखेर आजै रातिबाट मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया