बिएल संवाददाता
देशभरिबाट प्राप्त भइरहेकाे मतपरिणामअनुसार अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी निकै अघि देखिएकाे छ। मतगणना सुरु भएका अधिकांश निर्वाचन क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिइरहेका छन्।
अहिलेसम्म सार्वजनिक मतपरिणामअनुसार कम्तीमा ४० सिटमा रास्वपाकाे अग्रता छ। त्यस्तै नेकपा एमाले ५ स्थान र नेपाली काँग्रेस चार स्थानमा अघि देखिएकाे छ। नेपाली कम्युनिष्ट पार्टी भने १ स्थानमा मात्रै अघि छ।
यसपालि सबैभन्दा ‘हट सिट’ मानिएकाे झापा ५ मा रास्वपाका बालेन साह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा दाेब्बर मतले अघि छन्।
त्यस्तै चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने दाेब्बर मतले अघि छन्। काठमाडौं १ मा रास्वपाकै रञ्जु दर्शना जित नजिक पुगिसकेकी छिन्।
काठमाडौं उपत्यकाका सबैजसाे निर्वाचन क्षेत्रमा रास्वपाकै उम्मेदवारहरूले अग्रता लिइरहेका छन्। भक्तपुरका दुबै क्षेत्रमा पनि रास्वपा अघि छ। ललितपुरकाे क्षेत्र नं १ मा भने नेपाली काँग्रेसका उदय समशेर राणाले अग्रता लिइरहेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया