बिएल संवाददाता
पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईले रास्वपालाई शुभकामना दिँदै यो मतपरिणामलाई आम जनताको शान्त विद्रोह भनेका छन्।
बिहीबार देशैभरि भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ। प्रारम्भिक मतपरिणामअनुसार ५० भन्दा धेरै सिटहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी छ।
भट्टराईले यो मतदानमार्फत नेपाली जनताले सुशासन र समृद्धिको आकांक्षा राखेको भन्दै भूराजनैतिक चुनौतीलाई समेत कुशल व्यवस्थापन गर्न र जनताका मनोकांक्षा छिटो पूर्ति गर्न पनि रास्वपालाई भनेका छन्।
‘ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ठ परिस्थितिमा सम्पन्न आमनिर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशब्यापी जनलहर पैदा भएको स्पष्ट भएको छ। यो देशमा मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नकालागि आमजनताको शान्त विद्रोहको अभिव्यक्ति हो भनेर सबैले स्वीकार्नैपर्ने हुन्छ’ उनले भनेका छन् ‘देशमा लामो समयदेखि विद्यमान आन्तरिक अर्थ-राजनीतिक र बाह्य भू-राजनीतिक चुनौतिहरूको कुशल व्वस्थापन गर्दै जनताका ती जायज आकांक्षा छिटो पूर्ति गर्न रास्वपा र त्यसको नेतृत्व टिमलाई पूर्ण सफलता मिलोस् हार्दिक शुभकामना।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया