बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनता समाजवादी पार्टीलाई आधिकारिकता दिने निर्वाचन आयोगकाे निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेकाे रिटमा आज पेशी तोकिएको छ।
यादवको उक्त रिटकाे प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको हाे।
आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै जसपा नेपालका अध्यक्ष यादवले साेमबार निर्वाचन आयोगलगायतलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए।
रिट निवदेनमा राई नेतृत्वको जसपालाई दिएको आधिकारिकताकोे निर्णयलाई खारेज गर्न माग गरिएको छ।
यही वैशाख २३ गते राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए। सोही निवेदनको आधारमा निर्वाचन आयोगले यही वैशाख २४ गते आधिकारिकताको प्रमाणपत्र दिएको थियो।
जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद रहेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया