बिएल संवाददाता
रास्वपाले देशभर रास्वपाले प्रत्यक्षतर्फ उत्साहजनक अग्रता पाइरहँदा प्रतिनिधिहरूलाई समानुपातिकको गणनामा पनि विशेष ध्यान दिन आग्रह गरेको छ।
यता उत्सव मनाइरहँदा उता समानुपातिक मतगणनामा कमजोरी हुनसक्ने भन्दै रास्वपा सहमहामन्त्री विपिन आचार्यले यस्तो आग्रह गरेका हुन्।
रास्वपा सहमहामन्त्रीको आग्रह–
‘यो उल्लास, परिवर्तनप्रतिको यो भरोसा र तपाईंहरूले दिनुभएको मायाप्रति हामी नतमस्तक छौँ। प्रत्यक्षतर्फको नतिजाले हामीलाई उत्साहित बनाएको छ, तर हाम्रो जिम्मेवारी अझै बाँकी छ।आदरणीय उम्मेदवार तथा सुभेच्छुक साथीहरूमा विनम्र अनुरोध;समानुपातिक मतको गणनामा चनाखो बनौँ।
प्रत्यक्षतर्फको जितको खुसीयालीमा उत्सव मनाइरहँदा, समानुपातिकतर्फको मतगणना स्थलमा हाम्रो उपस्थितिलाई कमजोर हुन नदिऊँ। पार्टीको समग्र शक्ति र सदनमा हाम्रो बलियो उपस्थितिको लागि समानुपातिकको एक-एक मत निर्णायक हुन्छ। त्यसैले गणना नसकिउन्जेल विशेष ध्यान दिनुहोला। हाम्रो सानो असावधानीले जनताले दिएको अमूल्य मत खेर जान सक्छ। संयमित भएर अन्तिम मत परिणामसम्म पहरेदारी गरौँ। परिवर्तनको घण्टी बजिसकेको छ, अब यसलाई सुदृढ बनाउने पालो हाम्रो हो। मतको रक्षालाई पहिलो प्राथमिकतामा राखौँ।’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया