बिएल संवाददाता
नेपालको मधेश प्रदेशको हरेक निर्वाचन क्षेत्रको एकै उम्मेद्वार हुन्, बालेन शाह । अरू सबै उनका डमी उम्मेद्वार मात्रै हुन् ।
यसो भन्दा केहीलाई बढी पनि लाग्ला र रास्वपाका उम्मेद्वारहरूको मानमर्दन गरेजस्तो पनि देखिएला । तर, यथार्थ यही हो । मधेशका देहातमा गएर कोही पनि देहातीलाई भोट कसलाई ? भनेर सोध्यो भने लगभग सबैको एउटै हुन्छ, घण्टीलाई । अनि घण्टी कसको चुनाव चिन्ह हो भनेर सोध्यो भने उनीहरूले दिने उत्तर पनि एउटै हुन्छ, बालेन ।
यही नै आजको यथार्थ हो ।
मधेश प्रदेशमा ८ जिल्ला छन्, धनुषा, सप्तरी, पर्सा, रौतहट, सर्लाही, सिराहा, महोत्तरी र बारा । हरेक जिल्लामा चार-चार गरी ३२ निर्वाचन क्षेत्र छन् ।
अहिले ३२ मध्ये २५ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी छ भने सात क्षेत्रमा मतगणना हुन सकेको छ। मतगणना हुन नसकेका क्षेत्रहरूमा सप्तरीको २ र ३, सिराहको ३, धनुषाको १ र २, रौतहतको २ र ३ मा रहेका छन् ।
मतगणना भइरहेको मधेसको सबै २५ निर्वाचन क्षेत्रमै रास्वपा अगाडि छ । एक किसिमको सुनामी नै आएको छ मधेशमा । यो सुनामीले वर्षौदेखि मधेसी राजनीति गर्दैआएका क्षेत्रीयतावादी दलहरूको दोकान बन्द हुने संकेत गरेको छ । यो दोकान बन्द गर्ने अरू कोही नभएर मधेसी छोराको नयाँ अवतार बालेन नै भएका छन् ।
'बालेनको बेग'ले मधेश झरेका नवनिर्वाचित कांग्रेस सभापति गगन थापा पनि सर्लाही ४ मा बच्लान् जस्तो छैन । गगनलाई बालेनकै डमी उम्मेद्वार अमरेश सिंहले धेरै पछाडि छोडेका छन् । यसैगरी रौतहट १ का रैथाने उम्मेद्वार पूर्वप्रधानमन्त्री माधव नेपाल पनि चित खाने अवस्थामा पुगिसकेका छन् ।
'बालेन बेग'ले मधेसका मसिहाजस्ता देखिएका अन्य थुप्रै मधेसी नेताहरूको पनि राजनीतिक दोकान बन्द गरिदिदै छ। यो सूचीमा शरतसिंह भण्डारी, विमलेन्द्र निधि, रघुबीर महासेठ त परेकै छन्, उपेन्द्र यादव र सीक ेराउत पनि बच्न नसक्ने स्थिति सिर्जना भएको छ ।
अन्तत: मधेशले नयाँ अवतारको मसिहा पाएको छ - बाहुबली बालेन । यी बाहुबली दक्षिण भारतीय सिनेमाको नायकजस्तो स्टन्ट मात्र गर्छन् वा जनजनको मन जितेर मधेसको नायक बन्छन्, त्यो भने समयकै गर्भमा छ ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया