बिएल संवाददाता
काठमाडौं–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्।
यस क्षेत्रका निवर्तामान सांसद श्रेष्ठले खसेको कुल सदर मत ३६ हजार ४१३ मध्ये २४ हजार ५९२ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा उम्मेद्वार सुमन सायमीले ३ हजार २१७ मत ल्याए। यसैगरी कांग्रेस उम्मेदवार सपना राजभण्डारी २ हजार ८ सय ३५ मत ल्याइन् भने एमाले उम्मेदवार राजेश शाक्य १ हजार ९ सय ९ मत ल्याएर चौथो भए ।
सायमीभन्दा १२ गुना बढी मत पाएका विजेता विराजभक्तले उपविजेता सायमीलगायत सबै उम्मेद्वारको जमानत जफत गराई दिए ।
श्रेष्ठ विवेकशील पार्टीबाट राजनीतिमा प्रवेश गरेका हुन् । यसअघि रास्वपा सरकारमा गएको बेला उनी केही समय युवा तथा खेलकुद् मन्त्री पनि भएका थिए ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया