बिएल संवाददाता
नेपाली कम्यूनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डले नयाँ र पुराना दलहरूको संरक्षक आफू नै रहेको बताएका छन्।
आज प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मतदाता धन्यवाद र्यालीलाई रुकुमकोटमा संबोधन गर्दै उनले यस्तो बताएका हुन्।
वरिष्ठ नेताहरू मध्येमा जनताले आफूलाई मात्र जिताएर पठाएको कारण अब सबै दलको संरक्षणको काम आफूले गर्ने उनले बताए।
अहिले देशमा राष्ट्रिय स्वतन्त्र पार्टीको लहर चलेको र त्यसको जिम्मा पनि आफूले नै लिनुपर्दछ भन्ने कुराको महसुस गरेको उनले बताए। हिजो एमाले कांग्रेसलाई ‘दुई तिहाइको अहकांर नगर्नुस है गल्ती हुन्छ’ भनेर बारम्बार संसदमा बोलिरहेको बताउदै भ्रष्टाचारको विरुद्ध लड्दै गर्दा विकास र समृद्धिको लागि लड्दै गर्दा संख्याको अहंकारले आफूलाई बाहिर पठाएको स्मरण गर्दै संयोजक दाहालले भने, “त्यही बेलामा मैले चुनौतिका साथ भनेको थिए संख्याले केही नापिदैन। बंगलादेशमा एउटै पार्टीको दुई तिहाइ हुदा पनि हालत के भयो देखिएकै छ।”
अहिले विजयी हासिल गरेका नयाँ पार्टीलाई बधाइ दिदै उनले त्यही अहंकार नयाँ दलले दोहोर्याए भने देशको लागि दुर्भाग्य हुन जाने संयोजक दाहालले बताए। त्यस कारण नयाँ दलको नेतृत्व पनि आफैंले गर्नुपर्ने कुराको महसुस गरेको उनले बताए। साथै उनले धेरै सिट ल्याएका दलहरूलाई अहंकारबाट बच्न अनुरोध गरे।
“मेरो इतिहासको आधारमा म तपाईंहरूको लागि धेरै ठूलो गुरु हुन सक्छु” संयोजक दाहालले भने, “तपाईंहरूको जस्तै लहर मैले २०६४ मै देखिसकेको छु।” त्यसैले नयाँ दलहरूलाई पनि आफूले राम्रोसँग नेतृत्व दिनुपर्दछ भन्ने महसुस गरेको उनको भनाइ थियो।
रुकुम पूर्वले भारी मतले यो निर्वाचनमा जिताएर ठूलो भारी बोकाएको बताउदै संयोजक दाहालले देशकै ठूलो जिम्मेवारी काँधमा आएको महसुस गरेको बताए। पूर्व प्रधानमन्त्रीहरू मध्येमा अहिले आफूमात्र विजयी हुने विचित्रको स्थिती आएको बताउदै उनले इतिहासलाई बोकेर हिड्नुपर्ने बताए।
“जनयुद्ध र जनआन्दोलनको इतिहास, शान्ति प्रक्रिया टुङ्ग्यएर यो देशमा स्थायत्वको निम्ति भएपनि मैले निकै ठूलो भारी बोक्नुपर्ने स्थिती आएको छ” उनले भने।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया