बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पारजित गर्दै दाङ क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री बिपिनकुमार आचार्य विजयी भएका छन्। उनले ४३ हजार ५५७ मत ल्याए भने उनलाई पछ्याइ रहेका पोखरेल १५ हजार २८२ मतमा सिमित रहे।
आफू विजयी भएपछि आचार्यले आगामी ५ वर्ष जनप्रतिनिधिमात्रै नभएर ‘सच्चा सेवक’ बनेर काम गर्ने वाचा गरेका छन्।
‘तपाईंहरूले आफ्नो अमूल्य ४३,५५७ मत प्रदान गरी मप्रति जुन अगाध विश्वास, माया र भरोसा देखाउनुभएको छ, त्यसका लागि म शब्दमा धन्यवाद दिन असमर्थ छु। यो केवल ४३,५५७ मतको आँकडा मात्र होइन, यो दाङको मुहार फेर्ने तपाईंहरूको संकल्प र मप्रतिको पवित्र आशा हो’ उनले भनेका छन् ‘यो जित मेरो व्यक्तिगत जित होइन, यो समग्र दाङ र यहाँका न्यायप्रेमी जनताको जित हो। म आजैका दिनबाट यो दृढ वाचा गर्न चाहन्छु— आगामी ५ वर्ष म केवल एक जनप्रतिनिधि होइन, तपाईंहरूको घरको सदस्य र सच्चा सेवक बनेर काम गर्नेछु। दाङको विकास, समृद्धि र यहाँका जनजीविकाका हरेक सवालमा मेरो पाइला कहिल्यै डगमगाउने छैन। तपाईंहरूले दिनुभएको यो जिम्मेवारीलाई म मेरो ज्यानभन्दा बढी सम्हालेर राख्नेछु र तपाईंहरूको शिर निहुरिने कुनै पनि काम मबाट हुने छैन।’
यसअघि नै पराजय स्विकार्दै पोखरेलले उनलाई बधाई र शुभकामना दिइसकेका थिए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया