बिएल संवाददाता
आफ्नो वडामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले एक मत बढी ल्याएपछि नेपाली कांग्रेस तामाकोशी गाउँपालिकाका पार्टी सचिव राजेन्द्र योञ्जनले पदबाट राजीनामा दिएका छन्।
तामाकोशी गाउँपालिका वडा नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार अजबाबु शिवाकोटीले ३४६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३४७ मत ल्याएका थिए। एक मतले पछाडि परेपछि योञ्जनले नैतिकताको आधारमा पार्टी सचिव पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
योञ्जनले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको जानकारी गराउँदै आफ्नो वडामा यसअघि भएका अधिकांश निर्वाचनमा कांग्रेसले विजय हासिल गर्दै आएको उल्लेख गरेका छन्।
यस पटक एक मतले हार भएपछि नैतिक जिम्मेवारी लिँदै पद त्याग गरेको उनले बताएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया