बिएल संवाददाता
गुल्मी–१ बाट पराजित एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार ज्ञवालीले आफ्नो चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत निर्वाचन आयोग, काठमाडौंमा पेस गरेका हुन्।
पेस गरिएको विवरण अनुसार उनले चुनावी प्रचारप्रसार र व्यवस्थापनमा २६ लाख ७५ हजार ३३० रुपैयाँ खर्च भएको उल्लेख छ।
विवरणअनुसार सबैभन्दा बढी खर्च खाना तथा आवासतर्फ ८ लाख ५० हजार रुपैयाँ भएको छ। त्यसपछि सम्पर्क कार्यालय स्थापना ५ लाख ८० हजार रुपैयाँ, स्टेसनरी तथा प्रचार सामग्री छपाइ ४ लाख ५० हजार रुपैयाँ, विज्ञापन तथा सञ्चारतर्फ १ लाख ७५ हजार ३३० रुपैयाँ र यातायाततर्फ १ लाख रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
निर्वाचन आयोगको व्यवस्था अनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि निश्चित समयभित्र आफ्नो खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया