बिएल संवाददाता
सुशासनको लागि भएको जेनजी आन्दोलनको उत्तराधिकारी बनेको रास्वपा कालो सूचीवालाको पार्टी पनि देखिएको छ ।अहिलेसम्म यो पार्टीमा कालोसूचीमा चढेका तीनजना सांसद उम्मेद्वारको नाम सार्वजनिक भैसकेको छ । खोेज्दै जाँदा समयक्रममा अरू कति थपिने हुन्, त्यो त समयकै गर्भमा छ ।
धनुषा १ का रास्वपा उम्मेद्वार किशोरी साह 'कमल' कालोसूचीवाला भन्ने चुनाव अघि नै थाहा भयो, त्यसैले उनको उम्मेद्वारी नै खारेज भयो । उनी तलै अड्के, संसद छिर्नै पाएनन् । उम्मेद्वारी खारेजविरूद्ध अदालत पुगेका साहको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ । अदालतमा विचराधीन रहेकोले मुद्दाका बारेमा बोल्नै मिल्दैन ।
तर, दुईजना कालोसूचीवाला उम्मेद्वार भने भाग्यमाानी सावित भए । चुनावअघि कर्तुत सार्वजनिक नभएकाले उनीहरू रास्वपा माननीय भए। त्यस्ता कालोसूचीवालाहरू हुन् सर्लाही ३ का नरेन्द्र साह कलवार र उदयपुर २ का सूर्यबहादुर तामाङ ।
उम्मेद्वारी खारेज भएका साह कमल निर्माण सेवा प्रालिका सञ्चालक हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी दायित्व पूरा नगरेको कारण उनी कालोसूचीमा चढेका हुन्।
नवनिर्वाचित रास्वपा माननीय कलवारको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा देखिन्छ । उनको कालोसूचीको क्रम संख्या १४४०६२ हो । नरेश साह कलवार मात्र लेखिएको अभिलेखमा उनको नामबाहेक परिचय खुल्ने अन्य विवरण उपलब्ध छैनन् ।
अर्का नवनिर्वाचित रास्वपा माननीय तामाङ मकालु कान्जिरुवा अटो लिंक प्रालिका सञ्चालक हुन् । उनले दिएको चेक बाउन्स भएपछि कालो सूचीमा चढेका राईको कालो सूची क्रमसंख्या १०१,५१४ हो ।
सुशासनको ठूलो वकालत गर्दै आएको रास्वपाका लागि कालोसूची पहिलो गाँसमै झिँगा भएको छ । यसले पार्टीका वाचाल नेता तथा प्रवक्ताकै बोल्ती बन्द भएको छ ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया