बिएल संवाददाता
रास्वपामा मतसंख्याका हिसाबले पार्टी सभापति रवि लामिछाने १० नम्बरी भएका छन् । यसअघि २०४९ को चुनाव र उपचुनावमा रास्वपामा एक नम्बरी रहेका रविले यसपटक पहिलाभन्दा बढी मत ल्याएर पनि एक नम्बरी हुन सकेनन् ।
रविले चितवन-२मा ५४,४०२ मत प्राप्त गरे । यसअघि २०७९ काे चुनावमा ४९,२६४ मत पाएका रविले २०८० काे उपनिर्वाचनमा ५४,१७६ मत ल्याएका थिए।
यसपटकका बाहुबली बालेन शाह नै एक नम्बरी भए । झापा-५ का उम्मेद्वार शाहले ६८,३४८ मत ल्याएर रास्वपामा मात्रै उनी १ नम्बरी भएनन्, समग्र चुनावकै १ नम्बरी भए । यसैगरी झापा-२ बाट ६०,११० मत ल्याएर इन्दिरा राना मगर २ नम्बरी बनिन् । ३ नम्बरी बनिन् चितवन-की सोविता गौतम । उनले ५९,२७७ मत प्राप्त गरिन् ।
यसैगरी रूपन्देही-३ मा ५८,८१४ मत पाएर डा. लेखजंग थापा रोल नम्बर ४ भए । ५ नम्बरी भए चितवन-१ का हरि ढकाल । उनले ५८,२०८ मत प्राप्त गरे ।सुनसरी २ का
लाल विक्रम थापा ५७,३४८ मत ल्याएर ६ नम्बरी भए ।
रूपन्देही-२ का सुलभ खरेल ५६,५५० मत प्राप्त गरी ७ नम्बरी हुँदा उनलाई पछ्याउँदै ८ नम्बरी हुन् पुगिन् मोरङ-६ की रुबिना आचार्य । उनले ५५,५१३ मत प्राप्त गरिन् । ९ नम्बरी बने रूपन्देही-१का सुनिल लम्साल । उनले ५४,८४५ मत प्राप्त गरे । त्षयसपछि मात्र पादो आयो पार्टी सभापति रवि लामिछानेको । चितवन-२बाट उम्मेद्वार बनेका उनले ५४,४०२ मत प्राप्त गरे ।
१. बालेन्द्र शाह (झापा-५): ६८,३४८
२. इन्दिरा राना मगर (झापा-२): ६०,११०
३. सोविता गौतम (चितवन-३): ५९,२७७
४. डा. लेखजंग थापा (रूपन्देही-३): ५८,८१४
५. हरि ढकाल (चितवन-१): ५८,२०८
६. लाल विक्रम थापा (सुनसरी-२): ५७,३४८
७. सुलभ खरेल (रूपन्देही-२): ५६,५५०
८. रुबिना आचार्य (मोरङ-६): ५५,५१३
९. सुनिल लम्साल (रूपन्देही-१): ५४,८४५
१०. रवि लामिछाने (चितवन-२): ५४,४०२
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया