बिएल संवाददाता
एमाले महासचिव शंकर पोखरेलले फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको लज्जास्पद हारको समीक्षा सुरु भइसकेको बताएका छन्।
उनले निर्वाचनको परिणाम आफूहरूका लागि सुखद् नरहेको र १६५ वटै निर्वाचन क्षेत्रको निर्वाचन परिणामको समीक्षा कार्य सुरु भइसकेको बताए। यो प्रक्रिया पूरा भएपछि आम निर्वाचन २०८२ को समग्र समीक्षा गरिने उनले बताए।
उनले पार्टीको आन्तरिक एकता कमजोर बनाउने उद्देश्यले पार्टीकै केही नेताहरू लागेको गुनासो गरे। उनले विगतका गम्भीर संकट र चुनौतीहरूलाई सामना गर्दै पार्टी यहाँसम्म आइपुगेको बताउँदै अहिलेका चुनौतीहरूलाई पनि दृढतापूर्वक सामना गर्दै हामी पुनः थप मजबुत भएर अघि बढ्ने प्रतिवद्धता गरे।
उनले भने, ‘पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले केही मिडियामार्फत पार्टी नेताहरूको नाममा भइरहेको मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्तिलाई अनुरोध गर्दछु।’
जनतासँगको सम्बन्ध र विश्वास पुनःस्थापित गर्नेतर्फ विशेष जोड दिने र आवश्यक सुधारको काम संस्थागत रुपमा अघि बढाउने उनले बताए। ‘एकताबद्ध भएर काम गर्यौं भने हामी अवश्य सफल हुनेछौं,’ उनले भने।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया