बिएल संवाददाता
इरानको रिभोल्यूसनरी गार्ड कोर (आइआरजीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहू जीवितै भएको भए पनि उनलाई खोजीखोजी ‘ज्यान लिने’ चेतावनी दिएको छ। उसले इजरायली प्रधानमन्त्रीलाई ‘बाल हत्यारा’का रुपमा करार गर्दै यस्तो चेतावनी दिएको हो।
इजरायल र अमेरिकाको एउटा संयुक्त आक्रमणमा इरानको एक विद्यालयमा सयौं स्कुले बालबालिका मारिएका थिए। अमेरिकाले त्यसलाई आफ्नो गम्भिर सैन्य भूल भनेको छ भने इजरायले आधिकारिक प्रतिक्रिया दिइसकेको छैन।
यहीबीचमा हालैका दिनमा इजरायली प्रधानमन्त्री बेन्जमिनको एक इरानी आक्रमणका दौरान मृत्यु भएको खबर भाइरल भएका छन्। कैयौ सञ्चारमाध्यम र समाजिक सञ्जालहरूमा समेत उक्त खबर भाइरल भएपछि इजरायली प्रधानमन्त्रो कार्यालयले यस्ता खबरहरूलाई ‘डिपफेक’ भन्दै अपवाह फैलाइएको दाबी गरेको छ।
इजरायलसँग लड्दै आएको आइआरजीसीले भने उनि जिउँदो वा मारिएको भए पनि त्यसबाट केही फरक नपर्ने तर जिउँदो भएको भेटिए आफूहरूले नछोड्ने चेतावनी दिएको छ। सामाजिक सञ्जालमा एउटा चेतावनीपूर्ण सन्देश लेख्दै उसले भनेको छ ‘यसबाट कुनै फरक पर्दैन कि उनी मारिइसकेका छन् वा जिउँदैछन्। हाम्रा बालबालिको कपालको एउटा धर्सा पनि उनको पूरै जीवनभन्दा बढी मूल्यवान हुन्छ।’
इरानले इजरायली क्षेत्रमा रहेका अमेरिकी सैन्य बेस क्याम्पका महत्वपूर्ण ठेगानाहरूमा आक्रमण गरेर ध्वस्त बनाएको दाबी गरेको छ। त्यसका लागि उसले तीनवटा अमेरिकी बेस क्याम्पमा लगभग ५२ औं पटक आक्रमण गरेको पनि दाबी गरेको छ।
यसलगत्तै इजरायली प्रधानमन्त्री कार्यालयले बेन्जमिन मारिएको खबरहरू फैलिएको भन्दै त्यसलाई अफवाह भन्यो। त्यसपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा उनि मारिएको भन्ने खबरहरू झन् तीव्रगतिमा भाइरल हुन थाले।
त्यसमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एआई निर्मित भिडिओहरूसमेत प्रयोग गरेका छन्। त्यसलाई विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले तथ्य जाँच गरेका छन्। र युद्धका दौरान हुने यस्ता अफवाहहरूलाई सामान्य भनेका छन्।
यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानमा हालैमात्र चुनिएका सर्वोच्च नेता मोजतवा खामेनेई पनि मारिएको दाबी गरेका छन्। यद्यपि केही सञ्चारमाध्यमहरूले उनि घाइते भएको विवरणहरू पनि लेखेका छन्। तर इरानले पुष्टि गरिसकेको छैन।
ट्रम्पले अहिलेसम्म उनलाई इरानका सर्वोच्च नेता भनेर स्विकार गरिसकेका छैनन्। र बरु आत्मसमर्पण गरेर सम्झौताका लागि तयार हुन पनि भनेका छन्।
‘मलाई थाहा छैन उनि अहिले पनि जिउँदो छ वा मारिइसकेका छन्। अहिलेसम्म उनि कतै देखिएका छैनन्। संसारले उनलाई देखेकै छैन’ ट्रम्पले भनेका छन् ‘मैले सुनेअनुसार उनि जिवित छैनन्। तर यदि जिवितै रहेको भए उनले देशका लागि धेरै समझदारीपूर्ण निर्णय गर्नेछन्। र तत्काल आफूलाई आत्मसमर्पण गर्नेछन्।’
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया