बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व इन्धन बजारका लागि सबैभन्दा महत्वपूर्ण मार्ग हर्मुज स्ट्रिट खोल्नका लागि सहयोग नगरे नेटो संगठनको भविष्य ‘धेरै नै खराब’ हुनसक्ने चेतावनी दिएका छन्।
यसअघि उनले चीन, जापान, फ्रान्ससहित कैयौ युरोपेली राष्ट्रहरूलाई हर्मुज स्ट्रीट सुरक्षाका लागि त्यहाँ युद्धपोत र सैनिकहरू तैनाथ गर्न अपिल गरेका थिए। तर ती राष्ट्रहरूले पहिला अमेरिकाले युद्ध रोकेर शान्ति स्थापनका लागि पहल गर्नुपर्ने भन्दै त्यसको सुरक्षा चिन्ता आफूहरूलाई पनि भएको प्रतिक्रिया दिएका थिए। उनीहरू कसैले पनि त्यहाँ युद्धपोत तैनाथ गर्न भने स्विकार गरेका छैनन्।
इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि इरानले हर्मुज स्ट्रीटमा निरन्तर अवरोध कायम राखेको छ। यो त्यस्तो सामुद्रिक बाटो हो जहाँबाट विश्वबजारको लगभग २० प्रतिशत कच्चा तेल निर्यात हुन्छ। उक्त बाटोमा इरानले अवरोध गर्दै आएपछि अहिले विश्वबजारमा इन्धनको मूल्य र अभाव दुबै चुलिएको छ। इरानले उक्त सामुद्रिक बाटो भएर हिँडेका कैयौ तेल ट्याङ्करहरूमा आक्रमणसमेत गरेको छ। विश्व इन्धन बजार नै खलबलिएपछि युद्ध रोक्न वा उक्त बाटोलाई खुलाउनका लागि अमेरिकी राष्ट्रपति ट्रम्पमाथि ब्यापक विश्वदबाव सिर्जना भएको छ। त्यसैले ट्रम्पले अरु राष्ट्रहरूलाई समेत उक्त मार्गमा सैन्यसुरक्षा गर्न भनेका थिए।
ट्रम्पले आगामी साता चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता हुने र त्योभन्दा अघि नै चीनले हर्मुज स्ट्रीटमा अवरोध हटाउनका लागि सहयोग गर्ने अपेक्षा पनि गरेका छन्।
‘त्यो भेटवार्ता हुन अझै केही दिन बाँकी नै छ। तर मलाई आशा छ चीनले हर्मुज स्ट्रीटको अवरोध हटाउन अवश्य पनि कुनै न कुनै कदम चाल्नेछ। किनकि चीनको लगभग ९० प्रतिशत तेल ब्यापारको बाटो भनेको हर्मुज स्ट्रीट नै हो।’
त्यस्तै उनले नेटो तथा युरोपेली देशहरूलाई पनि उक्त बाटोको अवरोध हटाउनका लागि अघि सर्न फेरि अपिल गरेका छन्। युरोपेली राष्ट्रहरू इन्धनका लागि खाडी राष्ट्रमाथि नै निर्भर रहेको भन्दै उनले उक्त बाटोको अवरोध हटाउनु उनिहरूको पनि दायित्व भएको पनि बताए।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया