बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद सुधन गुरुङले गगन थापातर्फ लक्षित गर्दै संसदमा कुनै पनि सांसदले बिना ‘प्रमाण छ’ भनेर बोल्न पाइने कि नपाइने? भन्दै प्रश्न गरेका छन्।
रास्वपाले सुरु गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा प्रशिक्षण दिन आएका विज्ञलाई उनले प्रश्न सोधेका हुन्।
प्रतिनिधिसभाका पूर्वसचिव सुरेश अधिकारीले संसदीय मूल्यमान्यताका विषयमा प्रशिक्षण दिने क्रममा क्लास गुरुङले प्रश्न गरे, ‘संसदभित्र कुनै पनि सांसदले बिना प्रमाण आफूसित ‘प्रमाण छ’ भनेर बोल्न पाइन्छ?’
जवाफमा पूर्वसचिव अधिकारीले संसदमा बिनाप्रमाण प्रमाण छ भनेर झूटो बोल्न नपाइने प्रष्ट पार्दै यस्तो कार्यले संसदीय गरिमामा आँच आउने बताए।
सुधन गुरुङले तत्कालीन कांग्रेस सांसद गगन थापाले रास्वपा सभापति रवि लामिछानेले सहकारीबाट पैसा निकालेको प्रमाण आफूसित रहेको दाबी गर्दै संसदमा हंगामा गरेको विषयतर्फ लक्षित गर्दै प्रश्न सोधेका थिए।
सुधनकै प्रश्नमा रास्वपाका प्रवक्ता तथा सांसद मनिष झाले पनि आफूहरूले गगन थापाको अभिव्यक्तिलाई लिएर बारम्बार संसदमा आपत्ति जनाएको बताएका थिए।
‘हामीले बारम्बार यो कुरा संसदमा बारम्बार उठायौं, तर सभामुख उहाँहरूकै पक्षमा हुनुहुन्थ्यो। नभएको प्रमाण छ भन्नेलाई कुनै कारबाही भएन।’
कांग्रेस विवाद: अध्यावधिक हुनु र आधिकारिकता पाउनु अलग विषय हो
फेरिँदै महिला हिंसाको स्वरूपः सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसाले थप चुनौती
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया