बिएल संवाददाता
एसियाली फुटबल महासंघ (एएफसी)ले नेपाल र भियतनामविरुद्ध मलेसियाले प्राप्त गरेको जितको नतिजा उल्टाइदिएको छ।
राष्ट्रिय टोलीमा खेल्न अयोग्य सात जना खेलाडीहरूलाई नक्कली कागजातका आधारमा मैदान उतारेको पुष्टि भएपछि एएफसीले मलेसियाको जितको नतिजा उल्ट्याइदिएको हो। मलेसिया फुटबल संघले विदेशी खेलाडीहरूलाई मलेसियाको नागरिक बनाउनका लागि फिफामा झुटो कागजात पेस गरेको पाइएको थियो।
मलेसियाको जित उल्ट्याउँदै एएफसीले नेपाल र भियतनामलाई ३—० को प्राविधिक जितको मान्यता दिएको हो। नतिजा उल्टिएसँगै मलेसिया २०२७ को एसिया कप छनोटबाट आधिकारिक रूपमा बाहिरिएको छ।
मलेसियाका सातजना खेलाडीहरू फ्याकुन्डो गार्सिया, ग्याब्रियल पाल्मेरो, रोड्रिगो होल्गाडो, इमानोल माचुका, जोआओ फिग्युरेरो, हेक्टर हेभेल र जोन इराजाबाललाई खेलकुदको सर्वोच्च अदालत कासले दोषी ठहर गरेको छ।
उनीहरूले मलेसियाको नागरिकता प्राप्त गर्न र खेल्नका लागि कागजात कीर्ते गरेको पाइएपछि उनीहरूमाथि १२ महिनाको प्रतिबन्ध लगाइएको छ। साथै मलेसियाली फुटबल संघलाई ५० हजार अमेरिकी डलर जरिवानासमेत तोकिएको छ। मलेसियाली फुटबल संघले भने कानुनी रूपमै नागरिकता प्रदान गरेको दाबी गर्दै कासको निर्णयविरुद्ध थप कानुनी परामर्शमा रहेको बताएको छ।
ती छनोट खेल गत वर्ष खेलाइएको थियो। जसमा नेपाल मलेसियासँग २—० गोल अन्तरले पराजित भएको थियो। उक्त नतिजा उल्ट्याउँदै एएफसीको अनुशासन कमिटीले नेपाललाई मलेसियाविरुद्ध ३—० गोल अन्तरको प्राविधिक जित दिलाएको छ।
योसँगै नेपालले अंक तालिकामा ३ अंक जोडेको छ। यद्यपि उक्त अंक नेपाललाई अर्को चरणमा पुग्न पर्याप्त भने भएन। भियतनामसँगका दुवै खेलमा हार व्यहोरेको नेपालले मलेसियासँगको अर्को खेल र लाओससँगको खेलमा पनि हार व्यहोर्दै तेस्रो चरणबाटै बाहिरिसकेको छ।
समूह एफमा रहेको भियतनाम १५ अंकसहित शीर्ष स्थानमा रहँदै कपमा छनोट भएको छ। नतिजा उल्टिएसँगै शीर्ष स्थानमा रहेको मलेसिया ९ अंकसहित दोस्रो स्थानमा खस्किएको छ। ३ अंक रहेको नेपाल तेस्रो स्थानमा रहँदा नेपाललाई हराएको लाओस ३ अंकसहित चौथो स्थानमा छ।
अब नेपालले लाओससँग एक खेल खेल्न बाँकी छ। आगामी चैत १७ गते दुई देशबीच प्रतिष्ठाको अन्तिम लडाइँ हुनेछ। त्यसपछि एसिया कप छनोटमा नेपालका खेल सकिनेछन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया