बिएल संवाददाता
नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिएपछि शुक्रबार हुने केन्द्रीय कार्यसमितिको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन्।
थापाले उपसभापति शर्मालाई बुधबार नै राजीनामा बुझाएका थिए। उक्त राजीनामा आज पार्टी कार्यालयमा दर्ता हुनेछ र शुक्रबारको बैठकमा राजीनामा प्रस्ताव उपसभापति शर्माले पेश गर्नेछन्।
निर्वाचनमा आफूसहित सिङ्गो पार्टीको लज्जास्पद पराजयपछि उनलाई राजीनामा दिन दबाव आइरहेको थियो। तर कतिपयले भने यस्तो अवस्थामा जिम्मेवारी नछोड्न भनेका थिए।
उनि आफू पनि सर्लाही ४ बाट निर्वाचन लडेका थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश सिंहले उनलाई भारी मतान्तरले पराजित गरे।
यही चैत ६ गते काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि आह्वान भएको छ। त्यसमा उनको राजीनामाबारे औपचारिकरुपमा जानकारी दिइनेछ।
यो निर्वाचनमा रास्वापा झन्डै दुई तिहाइ बहुमतनजिक पुग्दा नेपाली काँग्रेस भने प्रत्यक्ष र समानुपातिक गरी ३८ सिटमा मात्रै सिमित भएको छ। ।
गत पुसमा विशेष महाधिवेशन बोलाएर थापा सभापति भएका थिए। उनकै नेतृत्वमा यसपालि नेपाली काँग्रेसले १६५ क्षेत्रमै उम्मेदवारी दिएको थियो।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया