बिएल संवाददाता
सर्वोच्च अदालतले रवि लामिछानेको मुद्धामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ।
न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले महान्यायाधीवक्ताको गत २ माघको निर्णय पनि पेश गर्न आदेश दिएको हो।
गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्। तर, दुई दिनपछि २ माघमा भने लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्।
सर्वोच्चमा रविको हकमा गरिएको ३० पुसको मात्रै निर्णय पेश भएको भेटिएपछि इजलासले २ माघमा भएको निर्णय पनि झिकाएर पेश गर्न आदेश दिएको हो।
त्यस्तै इजलासले यो मुद्धामा हेर्न नमिल्ने न्यायाधीशबाहेक अरु न्यायाधीशको इजलासमा मुद्धा पेश गर्नु भनी आदेश गरेको छ।
आजै फैसला आउने अपेक्षा गरिए पनि इजलासको नयाँ आदेशसँगै रविसम्बन्धी मुद्धाको सुनुवाइ लम्बिने भएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया