बिएल संवाददाता
माेहन वैद्य नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालनिकट युवा संगठनका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला संगठन समितिका संयाेजक तिलक वयक 'सूर्य' पार्टी परित्याग गरेका छन्।
महान जनयुद्धलाई अवमूल्यन गरेको भन्दै तिलकले बिहीबार पार्टी छाडेकाे घाेषणा गरेका हुन्।
उनले एक वक्तव्य जारी गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीको नामको समूहले सार्वभौम सिद्धान्त माओवादलाई विवादमा तानेको, महान जनयुद्धलाई भ्रष्टिकरण गरेको, महान जनयुद्धको प्रतिकार समितिमा रहेका जनयुद्ध विरोधी तत्वहरुलाई घुसपैठ गराएकोले पार्टी छाडेकाे उल्लेख गरेका छन्।
पार्टीलाई चन्दा असुल्ने थलोका रुपमा भ्रष्टीकरण बनाएको र अवसरवादी तथा स्वार्थी समूहहरुको गुटैगुट निर्माण गरी क्रान्तिलाई असम्भव बनाउँदै लगेकाले संगठन परित्याग गरेकाे वयकले बताएका छन्।

निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया