बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रीट खोल्नका लागि इरानलाई ४८ घण्टाको समय दिएका छन्। सामाजिक सञ्जालमा इरानलाई एक चेतावनी लेख्दै ट्रम्पले तोकिएको समयसिमाभित्र हर्मुजको बाटो नखोले इरानको बर्वादी हुने धम्की पनि दिएका छन्।
‘इरानले यो समयभित्र हर्मुज स्ट्रीट खोलेन भने उसका वर्वादीका दिन सुरु हुनेछन्। त्यो सुरुवात इरानको सबैभन्दा ठूलो पावरप्लान्टको बर्वादीबाट हुनेछ’ उनले भनेका छन्।
विश्वको आधाभन्दा धेरै तेल आयात निर्यात गर्ने यो सामुद्रिक बाटोलाई युद्धका दौरान इरानले लगातार अवरोध गर्दै आएको छ। जसका कारण तेल बोकेका सयौं जहाजहरू समुद्रमै फसेका छन्। यसले गर्दा अहिले विश्वबजारमा इन्धनको आपूर्ति अस्तव्यस्त भएको छ।
यसबीचमा इरानको सेनाले जवाफमा अमेरिका तथा उससँग जोडिएका देशहरूका ठूला इन्धन प्लान्टहरूमा आक्रमण गर्ने चेतावनी दिएको छ।
‘अब यस्तो लाग्दैछ कि इजरायल तथा अमेरिकासँग युद्धका लागि इरानले पहिलादेखि नै तय गरेको रणनीति लागु गर्ने समय अब आइसकेको छ’ इरानका सभामुख मोहम्मद बागरी गलिवाफले भनेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया