बिएल संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए)का वरिष्ठ उपाध्यक्ष रोविन शेरचनको नेतृत्वमा एनआरएनएले तीन महत्त्वकांक्षी योजना अघि सारेको छ।
विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा मूलप्रवाहीकरण गर्ने उद्देश्यसहित वरिष्ठ उपाध्यक्ष शेरचनको नेतृत्वमा तीनवटा महत्त्वाकांक्षी परियोजनाहरू अघि सारिएको हो।
संघको ‘ट्रेड एण्ड इन्भेस्टमेन्ट’ विभागका प्रमुख समेत रहेका शेरचनले नेपालको स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रमा दूरगामी प्रभाव पार्ने किसिमका तीनवटा परियोजना प्रस्ताव गरिएको जानकारी दिए।
एनआरएनएको १२औं एकता महाधिवेशनलगत्तै तीन दिनसम्म बसेको बैठकले परियोजना अघि बढाउन स्वीकृति प्रदान गरेको शेरचनले बताए। बैठकले दिएको म्यान्डेटअनुसार उनी मातहतकै विभागबाट परियोजनालाई मूर्तरूप दिन प्रक्रिया अघि बढाइनेछ।
संघले अघि सारेको पहिलो र सबैभन्दा महत्त्वपूर्ण परियोजना ‘एनआरएनए हस्पिटल’ हो। यो केवल एक सामान्य अस्पताल मात्र नभई, त्यहाँ रिटायरमेन्ट होम, केयर होम र बालबालिकालाई खेल्ने तथा हुर्काउने सुरक्षित वातावरणसहितको एकीकृत ‘मल्टिपल कम्प्लेक्स’ का रूपमा रहने छ।
विशेषगरी विदेशमा रहेका नेपालीहरूका अभिभावक (बुबा–आमा)को स्याहार–सुसारका लागि यो परियोजना कोशेढुङ्गा सावित हुने एनआरएनएको विश्वास छ।
दोस्रो महत्त्वपूर्ण परियोजना ‘एनआरएनए स्कुल’ हो। विदेशमा जन्मे–हुर्केका दोस्रो पुस्ताका नेपाली बालबालिकाहरूलाई नेपाली भाषा, संस्कृति र आफ्नो जरासँग जोड्नका लागि यो स्कुल स्थापना गर्ने योजना बनाइएको शेरचनको भनाइ छ। उनका अनुसार, हाल विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली बालबालिकाहरूलाई एउटै साझा प्लेटफर्ममा ल्याउन यो परियोजनाले मद्दत गर्नेछ।
यो विद्यालयमा नेपाली पाठ्यक्रमसँगै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरिने बताइएको छ। यसले विशेषगरी विदेशमा बसोबास गर्ने नेपालीहरूका छोराछोरीलाई नेपालसँग भावनात्मक रूपमा जोड्न र भविष्यमा उनीहरूले नेपालमै आएर सेवा गर्न सक्ने वातावरण सिर्जना गर्नेछ।
त्यसैगरी तेस्रो परियोजना काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने ईभी डबल डेकर बस सेवा हो। बढ्दो ट्राफिक जाम र प्रदूषणलाई न्यूनीकरण गर्न यो परियोजना निकै प्रभावकारी हुने दाबी गरिएको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया