बिएल संवाददाता
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। यो बैठकको अध्यक्षता सभापति गगनकुमार थापाले गर्नेछन्।
यसअघि उनले निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए। तर काँग्रेसले उनको राजीनामा अस्विकृत गरिसकेको छ। शुक्रबार र आइतबार बसेको केन्द्रीय समिति बैठकले उनको राजीनामा अस्वीकृत गरेको थियो।
त्यसपछि आज दिउँसो बस्ने बैठक उनले अध्यक्षता गर्नेछन्। सर्लाही ४ बाट निर्वाचन लडेका थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले पराजित गरेका थिए। नेपाली काँग्रेसले यसपालि देशभरि नै अपेक्षित परिणाम ल्याउन नसकेपछि सभापति थापाले राजीनामा दिएका थिए।
आजको बैठकमा आगामी नियमित महाधिवेशनका बारेमा पनि छलफल हुने भएको छ। गत पुस अन्तिम साता विशेष महाधिवेशनमार्फत सभापति चुनिएका थापाले वैशाखमै नियमित महाधिवेशन गर्ने घोषणा गरेका थिए। तर अहिले समय अपुग भएको भन्दै उक्त महाधिवेशन असोजसम्म गर्नेबारे पनि आजको केन्द्रीय समितिमा छलफल हुनेछ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया