बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता छान्दैछ। त्यसका लागि पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी कार्यालय बनस्थलीमा बस्ने बैठकले संसदीय दलको नेता चयन र अरु विषयमा पनि छलफल गर्नेछ।
पार्टीका बरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा लगभग दुई तिहाई सिट सिजेतको छ। प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट जितेको रास्वपाले आज संसदीय दलको नेता चयन गरेपछि चैत १३ गते प्रधानमन्त्रीलगायत केही मन्त्रीहरूको पनि सपथ हुनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन साहलाई संसदीय दलको नेता बनाएपछि उनकै नेतृत्वमा नयाँ सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सपथ हुनेछ। पहिलो चरणमा क-कसलाई मन्त्री बनाउने भन्नेबारेमा रास्वपाभित्र छलफल चलिरहेको छ। अहिलेसम्म अर्थमन्त्री स्वर्णिम वाग्ले र शिशिर खनाललाई परराष्ट्र मन्त्री बनाउने लगभग तय भएको छ।
चैत १२ गते नवनिर्वाचित सांसदहरूको सपथ हुनेछ। त्यसअघि बुधबार राष्ट्रपतिले प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीलाई सपथ खुवाउनेछन्। त्यसपछि केसीले नै प्रतिनिधिसभाका अरु सदस्यहरूलाई सपथ खुवाउनेछन्। र नयाँ सभामुखको निर्वाचन पनि उनले गराउनेछन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया