बिएल संवाददाता
गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका विरुद्ध अमेरिकाको युद्ध ‘समाप्तीको दिशातिर’ अघि बढेको बताएका थिए। तर शनिबार राति अबेर उनले हर्मुज स्ट्रीट खुला गर्न ४८ घण्टाको समयसीमा दिँदै उसलाई कडा चेतावनी दिए ‘४८ घण्टासम्म पनि इरानले हर्मुज स्ट्रीट खोलेन भने उसले आफ्ना सबै ठूला इन्धन कम्पनीहरूमा सबैभन्दा घातक आक्रमणको सामना गर्नुपर्नेछ।’
त्यसपछि आइतबार उनि दिनभरि गल्फ खेलेर फ्लोरिडास्थित आफ्नाव मार ए लागो रिसोर्टमा आराम गरिरहेका थिए।
सोमबार बिहान जब विश्व शेयर बजार गिरावटबाट गुज्रिरहेको थियो त्यो बेला उनले भने ‘इरानसँग रचनात्मक कुरानकी भइरहेको छ…।’
केहीबेर पछि उनले घोषणा गरे ‘इरानसँगको फलदायी वार्तापछि अमेरिकाले पाँच दिनका लागि इरानका पावर प्लान्टहरूमा आक्रमण नगर्ने भएको छ…’ त्यो बेला उनि टेनेसीको एउटा औपचारिक कार्यक्रममा भाषण गरिरहेका थिए।
इजरायलसँग मिलेर इरानमाथि आक्रमण सुरु गरेपछि बितेका यी चार हप्तामा ट्रम्पले यो युद्धका बारेमा दिइरहेका अभिव्यक्तिहरू सुन्दा लाग्छ उनि पहिलो सातामै युद्धबाट हतास भइसकेका थिए। जवाफमा इरानले खाडी राष्ट्रहरूमाथि गरिरहेको आक्रमण र थुनिएको हर्मुजको तेलको बाटो ट्रम्पका लागि सबैभन्दा युद्धमा अत्ताउने विषय बने। जसबाट उनलाई विश्वभरिबाट दबाव सिर्जना भयो र इरानका लागि त्यो उत्साहको विषय बन्यो।
आक्रमणको सुरुवातमै आफ्ना सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनेई, उनका परिवार, कैयौं मन्त्रीहरू तथा राष्ट्रका सुरक्षा प्रमुखहरूसमेत गुमाएको इरानले अमेरिका र इजरायलको डटेर सामना गर्यो।
र ट्रम्पलाई जसरी पनि यो युद्धको ‘सेफ ल्याण्डिङ’ खोज्न बाध्य बनायो। ट्रम्पले सोमबारमात्रै एकतर्फीरुपमा इरानयुद्ध स्थगित भएको घोषणा गरे। इरानसँग फलदायी र रचनात्मक कुराकानी भएको भन्दै ट्रम्पले आगामी दिनमा पनि वार्ता अघि बढ्ने विश्वास पनि व्यक्त गरेका छन्। यद्यपि उनले इरानका तर्फबाट कोसँग वार्ता गरे र के के कुराकानी भयो भन्ने खुलाएका छैनन्।
‘यी गहन, विस्तृत र रचनात्मक छलफलका भाव र शैलीको आधारमा, जसले पूरै साता निरन्तरता पाउने छ, मैले युद्ध मामिला हेर्ने निकायलाई इरानका विद्युत् केन्द्रहरू र ऊर्जा संरचनाहरूमा पाँच दिनका निम्ति सबै किसिमका सैन्य कारबाही स्थगन गर्न भनेको छु जुन जारी बैठक र छलफलमा निर्भर हुनेछ’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए।
तर इरानले भने यसलाई भ्रामक समाचार भनिरहेको छ। यो बीचमा ट्रम्पले कहिले युद्ध भड्काउनेखालका अभिव्यक्तिहरू दिए कहिले वार्ताका लागि आह्वान गरे। तर इरानले ट्रम्पका कुनै पनि कुरामा विश्वास गरेन र बरु आक्रमणको जवाफमा अझ कडा प्रत्याक्रमण गर्दै आयो।
ट्रम्पले एकतर्फीरुपमा आंशिक युद्ध रोकिएको घोषणालाई इरानले भने अस्विकार गरेको छ। त्यो भ्रामक समाचार फैलाएको भन्दै इरानले ट्रम्प वा अरु कुनै अमेरिकी प्रतिनिधिहरूसँग कुनै पनि वार्ता, छलफल र कुराकानी नभएको स्पष्ट पारेको छ।
‘अमेरिकासँग, ट्रम्प वा उनका कोही पनि प्रतिनिधिहरूसँग इरानको कुनै पनि प्रकारको वार्ता, छलफल वा कुराकानी भएको छैन’ इरानका सभामुख मुहम्मद-बागेर गलिबाफले भनेका छन् ‘ट्रम्पको त्यस्तो दाबी वा आक्रमण रोकिएको दाबीहरू विश्व तेल बजारलाई प्रभावित पार्नका लागि हुनसक्छन्।’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया