बिएल संवाददाता
नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निवासमा जलाइएको पैसाको भिडियो एआई जेनेरेटेड भएको दाबी गरेका छन्।
जनआस्था साप्ताहिकले सार्वजनिक गरेको भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको गौरीबहादुर कार्की आयोगले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार देउवाले आफ्नो घरमा त्यतिधेरै परिणाममा नगद नभएको दाबी गरेका छन्।
यस्तो छ देउवाले जाँचबुझ आयोगलाई दिएको बयान–
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बयान कागज व्यहोराः
२०८२ भाद्र २३ गतेको दिन म बुढानिलकण्ठ वडा नं २ बासुकी मार्गस्थित मेरो निजी निवासमा थिए र सो दिन बेलुका बालुवाटारमा पनि उपस्थित भई मैले सामाजिक संजालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेर तत्कालीन प्रधानमन्त्रीले हटाउनु भएको थियो तर म कुनै औपचारिक बैठकमा सहभागी थिइन्। भदौ २४ गते बिहान १० बजे प्रदर्शनकारीहरू मेरो निजी निवासमा भेला भइ नाराबाजी गर्दा सुरक्षाकर्मीले रोक्दा रोक्दै हामीमाथि हातपात भयो र केही जिनजेडका युवाहरूले बचाए। हामी राति २२:०० बजेतिर सुरक्षित स्थान पुग्यौं।
नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा गरेको मुचुल्कामा मेरो निवासमा भेटिएको रकमबारे उल्लेख छ, ठूलो परिमाण थिएन। सामाजिक संजालको विवरण AI generated हुनुपर्छ। सो सम्बन्धमा कुनै प्रहरी कार्यालयमा रिपोर्ट गरेको थिएन। यो नितान्त षड्यन्त्र हो तर कसले गर्यो थाहा भएन। मेरो निवासमा भएको तोडफोड, आगजनी र लुटपाट सम्बन्धमा नेपाल प्रहरीले मुचुल्का लगायतका विवरण लगेको हो र कारबाही सम्बन्धमा जानकारी छैन। मैले राजनीतिक हस्तक्षेप, पक्षपात गरेको छैन र २३–२४ गतेको घटनामा प्रहरीले आंकलन गर्न नसकेकोमा राजनीतिक हस्तक्षेप भएको भन्नेमा म सहमत छैन। लोकतन्त्रमा ट्रेड युनियन अधिकार हो र व्यवहारिक हकहितको लागि प्रयोग गर्न पाउनुपर्छ। विद्यार्थी संगठन पनि बृहत्तर हितका लागि क्रियाशील हुनुपर्छ। मुलुकमा गैर–राजनीतिक संस्था वा संयन्त्रमा राजनीतिकीकरण गरिनु हुदैन। तोडफोड, लुटपाट, आगजनी गर्ने जो कोहीलाई कारबाही गर्नुपर्छ। देशमा युवाको भावना समेटेर नीतिगत, कानूनी र संस्थागत सुधार गर्नुपर्छ।
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया