बिहिबार, २६ मार्च २०२६

सांसदहरूलाई ओलीको सान्त्वनाः गर्व गरौं हामी अझै तेस्रो ‘शक्ति’ हौं

News Image
• • •

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी अझै पनि देशको तेस्रो शक्तिको रुपमा कायमै रहेकोले दुःख मान्नुपर्ने कुनै कारण नभएको बताएका छन्।

बिहीबार पार्टी कार्यालय च्यासलमा सांसदहरूलाई सम्बोधन गर्दै उनले सरकारले जादुयी चुनाव मञ्चन गरेर रास्वपाले लगभग दुई तिहाइ सिट ल्याएको पनि टिप्पणी गरे।

‘जादुमयी चुनाव मञ्चन गरेर लगभग दुई तिहाइ ल्यायौं भनियो। यसअघि रास्वपाको २१ सिट थियो। अहिले पनि प्रतिनिधिसभामा हामी त्यो भन्दा बढि छौं। हामी अलिकति खस्किएर यहाँ आइपुग्यौं। कुनै चिज क्याइमेक्समा पुगेपछि घट्ने दिशामा लाग्छ। हामी कुनै गल्तीले, सुशासनविरुद्धको कामले, असक्षम भएर हामी यहाँ आइपुगेका होइनौं,’ ओलीले नवनिर्वाचित सांसदहरूलाई सान्त्वना दिए।

अनेक शक्तिहरूको नामोनिशान मेटिँदा एमाले अझै पति तेस्रो शक्तिमा रहेको भन्दै एमाले सकिएको भन्न नमिल्ने दाबी गरे।

उनले भने, ‘२१ सिट हुनेले दुई तिहाइ पुर्‍याउँछ भने हामीसँग अहिले पनि २५ सिट त छ नि। तर पनि नेकपा एमाले तेस्रो शक्तिको रुपमा एमाले रहेकै छ त। अनेक शक्तिहरूको नामोनिशान नरहँदा पनि हामी शक्तिको रुपमा छौं। हामी सकियौं भन्ने कुरा होइन।’

ओलीले थपे, ‘गहिरो र गभ्मीर शिक्षा लिने अवसर प्राप्त गरेका छौं। शिक्षा लिएर आफूलाई चुस्त दुरुस्त अगाडि बढाउनुपर्छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!