बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता नियुक्त गरेको छ।
बिहीबार बसेको पार्टी केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेले बालेनलाई संसदीय दलको नेता चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको रास्वपाका प्रवक्ता मनिष झाले बताए।
आजै बसेको केन्द्रीय समिति र रास्वपा संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिको निर्णयबमोजिम बालेनलाई संसदीय दलको नेता घोषणा गरेको छ। बैठकले बालेन शाहलाई प्रधानमन्त्रीको औपचारिक उम्मेदवार पनि घोषणा गरेको छ।
रास्वपाले प्रतिनिधि सभाका २७५ मध्ये १८२ सिट जितेको छ। नवनिर्वाचित सांसदहरूले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया