बिएल संवाददाता
नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)को सिफारिसमा १४ जना मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका हुन्।
कार्यक्रममा १०८ जना बटुकले स्वस्तिक वाचन गरेका छन्। त्यस्तै, १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचन गरेका छन् साथै ७ जना ब्राह्मणले शंखनाद गरी शपथ ग्रहण समारोहलाई सनातन परम्पराअनुसार सम्पन्न गरिएको हो।
यस्तो छ बालेन्द्र शाहको मन्त्रिपरिषद्–
– स्वर्णिम वाग्ले, अर्थमन्त्री
– शिशिर खनाल, परराष्ट्रमन्त्री
– सोविता गौतम, कानूनमन्त्री
– विराजभक्त श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री
– सुधन गुरुङ, गृहमन्त्री
– प्रतिभा रावल, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासनमन्त्री
– विक्रम तिमल्सिना, सञ्चार तथा सूचना प्रविधिमन्त्री
– गीता चौधरी, कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री
– दिपक कुमार साह, श्रम, रोजगारमन्त्री
– शस्मित पोखरेल, शिक्षा, युवा तथा खेलकुदमन्त्री
– खडक पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री
– सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री
– सीता वादी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
– निशा मेहता, स्वास्थ्य तथा जनसंख्या साथै खानेपानी मन्त्रालय मन्त्री
रक्षा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री स्वयंले सम्हाल्ने छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया