बिएल संवाददाता
नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन्। शुक्रबार राष्ट्रपतिबाट सपथ ग्रहण गरेलगत्तै दिउँसो मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै तीनवटा महत्वपूर्ण निर्णय गरेका छन्। सिंहदरबारमा पदभार ग्रहण लगत्तै उनले आर्थिक स्थितिपत्र सार्वजनिक गर्ने, १५ वटा ऐन खारेज गर्ने र आर्थिक कानुनी सुधारको मार्गचित्र बनाउने निर्णय गरेका हुन्।
निर्णयमा तत्काल स्थितिपत्र तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने अर्धवार्षक र वार्षिक कार्ययोजना बनाउने उल्लेख छ। यस्तै, राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने निर्णय मन्त्री वाग्लेले गरेका छन्।
यस्तै, निजी उद्यम व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकासे आयोजनासँग सम्बन्धित कानुन बनाउने उनको निर्णय छ।
१. चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने।
२. उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने।
३. निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै वृहत आर्थिक–कानूनी सुधारको मार्गचित्र बनाउने।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया