बिएल संवाददाता
नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ।
कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
साथै कांग्रेसले सहकारीको रकम ठगी गरेका मानिसहरुलाई बचाउन सरकार लागेको भन्दै त्यस्तो नगर्ने चेतावनी दिएको छ।
लेखकका अनुसार कांग्रेसले बिहीबार संसदमा भएको घटनाको जिम्मेवारी सभामुखको भएको निष्कर्ष निकालेको छ।
सिंगो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद अगाडि बढाउन नसक्ने परम्पराविपरीत गएको लेखकले बताए।
कांग्रेसले सभामुखलाई दलीय आवद्धता त्यागेर निष्पक्ष भएर बैठक सञ्चालन गर्न आग्रहसमेत गरेको छ।
नेता लेखकले बिहीबार प्रतिपक्ष सदनमा उभिएको बेला सत्ता पक्ष उठेर विरोध गर्नु संसदीय मर्यादाविपरीत भएको बताए।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया