बिएल संवाददाता
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आजैदेखि आन्दोलनमा उत्रिने घोषणा गरेको छ। पार्टी सचिव महेश बस्नेतले ओली पक्राउ पर्नासाथ सामाजिक सञ्जालमार्फत कार्यकर्ताहरूलाई यस्तो निर्देशन दिएका हुन्।
यसबारे थप छलफल गर्न एमालेले तत्कालै सचिवालय बैठक पनि बोलाएको छ। बालेन साहको नेतृत्वमा सरकार गठन भएको १८ घण्टाभित्रै प्रहरीले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई शुक्रबार बिहानै पक्राउ गरेको हो। गृहमन्त्री सुदन गुरुङले कार्यभार सम्हालेलगत्तै उनिहरूलाई गिरफ्तार गर्न आदेश दिएका थिए।
गत भदौ २३ र २४ भएको जेनजी विद्रोहमा दमन गर्न ओली र लेखकले भूमिका खेलेको भन्दै उक्त आन्दोलनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो।
ओली पक्राउ परेपछि नेकपा एमालेले यसलाई राजनीतिक प्रतिशोध भनेको छ।
‘बालेन सरकारद्वारा सुदन गुरुङस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ’ एमाले सचिव बस्नेतले भनेका छन् ‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ। प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं।’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया