शनिबार, २८ मार्च २०२६

ओली-लेखक पक्राउ- एमाले आन्दोलनमा, काँग्रेस मौन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेसँगै नेपाली राजनीति तरंगित भएको छ। ओली र लेखकको गिरफ्तारीलाई गैरकानुनी र राजनीतिक प्रतिशोध भन्दै नेकपा एमालेले देशब्यापी आन्दोलन घवषणा गरिसकेको छ।

ओली पक्राउ परेलगत्तै नेकपा एमालेले पार्टी सचिवालयको आकष्मिक बैठक बोलाएको छ। पार्टी कार्यालय च्यासलमा बैठक बसिरहेको छ। एमालेका सबैजसो नेताहरूले ओलीको गिरफ्तारी राजनीतिक प्रतिशोध भन्दै विरोध गरेका छन्।

यसबारे नेपाली काँग्रेसले भने कुनै आधिकारिक धारण व्यक्त गरेको छैन। नेपाली काँग्रेसका कुनै पनि नेताहरूले ओली र लेखकको गिरफ्तारीबारे आधिकारिक धारणा दिएका छैनन्।

शुक्रबार गठन भएको बालेन साह नेतृत्वको सरकारका गृहमन्त्री सुदन गुरुङले कार्यभार सम्हालेलगत्तै ओली र लेखकलाई पक्राउ गर्न आदेश दिएका थिए। शुक्रबार राति नै प्रहरी ओली र लेखक निवासमा तैनाथ थिए। तर उनिहरूलाई बिहानमात्रै नियन्त्रणमा लिइएको हो।

शुक्रबार रातिदेखि नै गुण्डुस्थित ‌ओलीको निवास घेरेर बसेको प्रहरीले शनिबार बिहानपख उनलाई पक्राउपूर्जी दिएर नियन्त्रणमा लिएको हो। त्यस्तै लेखकलाई उनको निवास कटुन्जेबाट पक्राउ गरेको थियो।

शुक्रबार गठन भएको नयाँ सरकारले गैरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो र तत्कालै गृहमन्त्री सुदन गुरुङले ओली र लेखकलाई नियन्त्रणमा लिन आदेश दिएका थिए।  

प्रहरीले ओली र लेखकलाई अस्पताल लगेर स्वास्थय परीक्षण गरिसकेको छ। उनिहरूलाई भद्रकाली प्रहरी कार्यालयको हिरासतमा राखिने बताइएको छ। र आइतबार अदालतमा उपस्थिति गराइने प्रहरीले जनाएको छ।

जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो। भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा काठमाडौँको बानेश्वरमा गोली प्रहार गरेको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार ठहर्‍याएको छ।

उक्त आन्दोलनका क्रममा ७६ जनाको निधन भएको थियो।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!