बिएल संवाददाता
जेनजी मुभमेन्ट नेपालले तत्कालिन प्रधानमन्त्री केपी ओलीको पक्राउको स्वागत गरेको छ।
शनिबार मुभमेन्टले विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउने निर्णयको स्वागत गर्ने बताएको हो।
मुभमेन्टले उक्त घटनामा संलग्न तत्कालिन गृह प्रशासन तथा सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत अविलम्ब पक्राउ गरी निष्पक्ष छानबिन तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन हामी नेपाल सरकारसमक्ष माग गरेको छ।
‘जेनजी आन्दोलनका दमनकारीलाई बचाउने कुनै पनि प्रकारको षड्यन्त्र कहीं कतैबाट नहोस् भन्ने कुरामा हामी सचेत गराउन चाहन्छौं। यदि यस्ता प्रयासहरू भएमा देशैभरि युवाहरू थप सशक्त र कठोर संघर्षमा उत्रिन बाध्य हुनेछन्,’ प्रवक्ता विजय शाहले विज्ञप्तिमार्फत भनेका छन्।
जेनजी मुभमेन्ट नेपालले वर्तमान परिस्थितिमा अराजकताको अन्त्य गर्दै नागरिकहरूको सुरक्षा र अधिकारको प्रत्याभूति गर्न सरकार अझ संवेदनशील, जिम्मेवार र प्रतिबद्ध बन्नुपर्ने आवश्यकता रहेको सुझाव दिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया