बिएल संवाददाता
ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि बहस सकिएको छ।
आज आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा म्याद थपबारेको बहस सकिएको हो। बहसमा लेखक आफैं उपस्थित थिए। स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका ओली भने भर्चुअल माध्यमबाट जोडिएका थिए।
उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिल कार्यालयले म्याद माग गरेको छ। केहीबेरमा म्याद थपको निवेदनमाथि इजलासले निर्णय सुनाउने अदालतले जनाएको छ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा उनीहरूमाथि अनुसन्धान सुरु भएको हो।
जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए।
जेनजी आन्दोलनका घटनाबारे जाँचबुझका लागि बनेको गौरीबहादुर कार्की आयोगले उनीहरूमाथि कारबाही फौजदारी कसुरमा कारबाही अघि बढाउन सिफारिस गरेको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया