बिएल संवाददाता
सहकारीकाे रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा विपक्षी दलहरु एकजुट भएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष निकालेकाे हाे।
त्यस्तै बैठकले सभामुखलाई बिहीबारको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
बैठकमा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं शीर्ष नेता सहभागी छन्।
जसपा नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादव र नेता राजकिशोर यादव बैठकमा सहभागी थिए। त्यस्तै राप्रपाबाट बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही उपस्थित छन् भने लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी लगायतका नेताहरु सहभागी रहेका थिए।
कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरोध गर्दै आएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया