बुधबार, ०१ अप्रिल २०२६

इरान युद्धबाट कसरी बाहिरिदैंछन् ट्रम्प?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब इरान युद्धबाट अमेरिका बाहिरिनसक्ने संकेत दिएका छन्। त्यसका लागि कम्तीमा दुई देखि तीन सातासम्म लाग्नसक्ने अनुमान पनि उनले सुनाएका छन्।

अमेरिका र इजरायलको आक्रमणबाट आफ्ना केही उद्देश्यहरू पूरा भएको बताउँदै ट्रम्पले सबैभन्दा मुख्य उद्देश्य इरानको परमाणु कार्यक्रमहरू नष्ट गरिएको दाबी पनि गरेका छन्।

‘यो आक्रमणबाट अब इरानकाव सत्ताले कैयौं वर्षसम्म परमाणु अस्त्रहरू बनाउन सक्नेछैन’ अमेरिकी राष्ट्रपति कार्यालय ओभल हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले भनेका छन् ‘अहिले इरान सम्झौताका लागि हारगुहार गरिरहेको छ।’

तर अमेरिकी युद्धको कार्यतालिकाअनुसार इरानको त्यो ‘हारगुहार’ अब असान्दर्भिक भइसकेको पनि उनले बताए।

इरान युद्धबारे राष्ट्रपति ट्रम्पले आजै अमेरिकी जनताका नाममा सम्बोधन पनि गर्नेछन्।

पछिल्लो समय इरानले वार्ताका लागि इच्छाशक्ति भए पनि त्यसका केही शर्तहरू रहेको बताएको थियो। इरानका राष्ट्रपति राष्ट्रपति मसुद पेजेश्कियानले आफ्ना केही शर्तहरू पूरा भएमा अमेरिकासँग युद्ध समाप्त गर्न इरान तयार रहेको बताएका छन्। यसअघि युद्धअन्त्यका लागि ट्रम्पले १५ बुँदे प्रस्ताव पठाइसकेका छन्। त्यसलाई इरानले स्विकार त गरेको छैन तर त्यसमा अमेरिकी आक्रमण पूर्णरुपमा रोकिनुपर्ने ग्यारेन्टी इरानले खोजेको थियो।

इरान युद्धबाट विश्व तेलबजार अस्तव्यस्त भएपछि ट्रम्पमाथि त्यो युद्ध समाप्त गर्न वा तेलको बाटो सहज बनाउनका लागि विश्वव्यापीरुपमै दबाव सिर्जना भएको थियो।

विश्व बजारमा तेल आयात निर्यात हुने सबैभन्दा मुख्य बाटो हर्मुज स्ट्रीट इरानले बन्द गरिदिएपछि विश्वबजार अहिले हाहाकारमय भएको छ।

यस्तो अवस्थामा मध्यपूर्वका देशहरूसँग पाकिस्तान र चीनले मध्यस्थता गरिरहेका छन्।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!