बिएल संवाददाता
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम आज चितवन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुगेकी छन्।
चितवन क्षेत्र नं. ३ अन्तर्गत पर्ने उक्त स्थलमा आयोजित विक्रम बाबा मेलामा सहभागी हुँदै मन्त्री गौतमले थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्पराको महत्त्वबारे उल्लेख गरेकी छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेकी छन्, ‘आज चितवन क्षेत्र नं. ३ स्थित चितवन राष्ट्रिय निकुञ्जभित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुग्ने सौभाग्य मिल्यो। विक्रम बाबा मेला, थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्परा, आज सबैको साझा धार्मिक उत्सव बनेको छ।’
उनले विक्रम बाबा मेला समयसँगै सबै समुदायको साझा धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विकसित भएको बताइन्। उक्त अवसरमा मन्त्री गौतमले सालको रुखको फेदमा पूजा अर्चना गरेकी थिइन्। उनले रुख, वन र नदीजस्ता प्राकृतिक स्रोतहरू मानव अस्तित्वका आधार रहेको उल्लेख गर्दै प्रकृति पूज्ने परम्पराले संरक्षणको भावना अभिवृद्धि गर्ने बताइन्।
उनले थप लेखेकी छन्, ‘मैले पनि आज सालको रूखको फेदमा पूजा गरे। रुख, वन र नदी हाम्रा प्राकृतिक स्रोतसँगै हाम्रो अस्तित्वका आधारहरू पनि हुन्, र प्रकृति पूज्ने परम्पराले प्रकृति जगेर्नाको भाव प्रवद्र्धन गर्छ। विक्रम बाबाको आशीर्वादले लोककल्याण होस्, नेपाल र नेपालीको कल्याण होस्।’
मन्त्री गौतमले विक्रम बाबाको आशीर्वादले समग्र जनताको कल्याण, देशको समृद्धि तथा नेपालीहरूको हित हुने विश्वास व्यक्त गरेकी छन्।
कांग्रेस विवाद: अध्यावधिक हुनु र आधिकारिकता पाउनु अलग विषय हो
फेरिँदै महिला हिंसाको स्वरूपः सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसाले थप चुनौती
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया